भैरहवा, १९ फागुन । यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र रुट प्रमिट सेवा सुरु गरेको छ । स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटक भित्रिने नाकाको रुपमा रहेको बेलहीया नाकामै पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो । अब भारतीय पर्यटकहरु भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउने छन ।…