काठमाण्डौ, १३ फागुन । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले सरकारसँगको परामर्शअनुसार आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त…