प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधिः आजदेखि डुओडेनोस्कोपी सेवा



बुटवल, १३ फागुन ।

लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो ।
यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई डुरबिनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पालका डा. मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा. थापासहित डा. रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब (एन्डोस्कोप) वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ । पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने डा. भुसाल बताउँछन् । यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उनले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दाबी गरे । यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपेरिटेन्डेन डा। थापाले जानकारी दिए ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६