कपिलवस्तु २६ माघ । सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार २०७२ माघ २६ गते भएको घटनामा धरौटीमा रिहा भएका केवट अदालतको फैसलापछि फरार भएका थिए…