रुपन्देही १२ माघ । नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसको बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ । यसै गरी बैठकले गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह इन्चार्जको जिम्मेवारी दिएको छ भने गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई अध्यक्षमा…