कपिलवस्तु १९ मंसिर । काठमाडौंको बसुन्धरामा रहेको साउथ वेस्टर्न स्टेट बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापकले बचतकर्ताको रकम हिनामिना गरेको खुलेको छ। चितवन रत्ननगर घर भएका ३८ वर्षीय प्रकाश ढुंगानाले विभिन्न बहानामा बचतकर्ताको २ करोड ३१ लाख ९१ हजार रुपैयाँ अपचलन गरेको प्रहरीको अनुसन्धानमा देखिएको हो। सहकारीमा ठगी भएको थाहा पाएपछि सञ्चालकले प्रहरीमा उजुरी दिएका…