काठमाण्डौ, ०८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै नेपालीले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गर्नुभएको छ । आज शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक…