राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए बैंक 'स्टेटमेन्ट' लिएर आउन भनेका छन्। १६ प्रतिशतभन्दा बढी ब्याजदर हुँदै नभएको भन्दै गभर्नर अधिकारीले अहिले बजारमा केही जमातले बैंकहरूले योभन्दा बढी ब्याज लिएको भनेर हौवा फैलाइएको बताएका हुन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा…