खेलकुद

विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई दियो १ सय ७२ रनको लक्ष्य



काठमाण्डौ, २३ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन तथा लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २र२ विकेट लिए । न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीन वटै टिमको सेमिफाइनलमा पुग्ने सम्भावना छ । तीन वटै टिमको समान आठ खेलमा ८र८ अंक छ ।

आज श्रीलंकालाई हराएमा न्युजिल्याण्ड अन्तिम चारमा पुग्ने सम्भावना धेरै छ, किनकि पाकिस्तान र अफगानिस्तानको भन्दा न्युजिल्याण्डको रनरेट राम्रो छ । अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

सेमिफाइनलमा पुग्न नसकेको श्रीलंकालाई च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६