कपिलवस्तु, १९ कात्तिक । ब्लड क्यान्सरबाट पीडित रहेका पत्रकार दीपक केसीलाई रोटरी क्लब कपिलवस्तुले आर्थिक सहयोग गरेको छ । क्लबको नियमित बैठकको अवसर पारेर क्लबका सदस्यहरूबाट सङ्कलित भएको रु ५५,२२७ रकम हस्तान्तरण गरिएको छ । भारतको दिल्ली अवस्थित राजिवगान्धी क्यान्सर अस्पतालमा उपचाररत केसीको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको थियो । सामाजिक काममा निरन्तर रहेका…