विराटनगर ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरुले निवेदन दिएका छन् । कोशी प्रदेश संसद सचिवालय कार्यव्यवस्था शाखामा उनीहरुले घरायशी कारण देखाएर आज बेग्लाबेग्लै निवेदन दर्ता गराएका हुन् ।कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर…