चन्द्रौटा,२४ भदौ ।कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका १ शिवपुर बनकसबासामा रुखमा चढेर घाँस काट्ने क्रममा आइतबार बिहान ज्यान गएको हो । मृत्यु हुनेमा अन्दाजी ५० वर्षका धन बहादुर थापा (काले) रहेका छन् । उनले विगत केही समय देखि स्थानीयहरूलाई घाँस दाउरा दिएर खाने बस्ने गरेका थिए । उनका परिवारका…