काठमाण्डौ, २१ साउन । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्णय गरेको हो । भदौ १६ देखि मङ्सिर १५ गतेसम्म सञ्चालन हुने अभियानमा माओवादीका सबै नेता नागरिकको घरघरमा परिचालन हुने पार्टीले जनाएको छ । अभियानअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल…