रुपन्देही, १९ साउन ।सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ । विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले भैरहवा नजिकैको ओमसतिया गाउँपालिका–४ बसन्तपुरको बाइपासस्थित एउटा घरको खुल्ला अवस्थामा रहेको सटरमा तीनवटा कार्टुनभित्र लुकाएर राखिएका मोबाइलका…