हरि घिमिरे कपिलवस्तु, १० साउन ।बाणगंगा नगरपालिका वडा नम्बर ७ का डुवान पिडित परिवारलाई राहात वितरण गरिएको छ । विभिन्न संघ संस्थाले बुधबार डुवानबाट पिडित घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्लामा सक्रिय लायन्स क्लव अफ कपिलवस्तु, कपिलवस्तु जेसिज र लियो क्लव अफ कपिलवस्तु, कपिलवस्तु वन पैदावार समितिले संयुक्त रुपमा राहत प्रदान गरेका हुन् ।…