गुल्मी, १५ असार । आफ्नै नर्सरीमा उत्पादन भएका विरुवाले बजार नपाउँदा गुल्मीका कृषक वीरबहादुर चिन्तित छन्।जिल्लाको सदरमुकाम तम्घासअन्तर्गत रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौं विरुवाले बजार पाउन नसकेको हो। ५६ वर्षीय कार्कीले विगत १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन…