दाङ, २ साउन । दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । मंगलबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी बिरामी परेका हुन् । मंगलबार बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने…