काठमाण्डौ, ३० जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।सावित्राले आफू इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा आबद्ध भएको जानकारी दिएकी छिन् । क्लबले सामाजिक सञ्जाल फेसबुकमा सावित्रालाई बधाई दिँदै उनलाई अनुबन्ध गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गरेको छ । सावित्राले यसअघि भारत, माल्दिभ्सका क्लबबाट खेले…