सिन्धुली २७ जेठ । सुनकोशीमा गत शुक्रबार जिप दुर्घटना हुँदा बेपत्ता भएका सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव ८ दिनपछि भेटिएको छ ।उदयपुरको ताप्ले गाउँपालिका ५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव फेला परेको हो ।शनिबार भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा…