रुपन्देही ३१ बैशाख।भ्रष्टाचारविरुद्ध देशका विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारविरुद्ध शनिबार युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् ।पूर्व गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको तिलोत्तमा नगरपालिका गृहनगर हो । पूर्व गृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी…