काठमाण्डौ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । सिंहदरबारमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन…