काठमाडौं, २४ वैशाख । प्रतिनिधिसभा बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे ।
प्रतिक्रिया