गुल्मी, १३ चैत्र । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ…