काठमाण्डौ, ०५ चैत्र । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो । नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन…