धनगढी, १० फागुन । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको…