काठमाडौं,०९ फागुन । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसले जित्ने दाबी गरेका छन्। मंगलबार प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जित्ने दाबी गरेका हुन्। ‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ,’ नेता कोइरालाले…