काठमाण्डौ, ०६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । आज सोमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले दोस्रो पटक विश्वासको मत पाउनुभएको हो । आजको बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन् । यस्तै ८९ सांसदले यस प्रस्तावको विपक्षमा मत दिँदा…