काठमाण्डौ, ०८ चैत्र । प्रहरीले तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोहलाई पक्राउ परेको छ । प्रहरीले बुधवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामालाई…