बुटवल, ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लोसहितको सरसफाइ अभियान सञ्चालन गरिएको छ ।समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा बुधबार नगरको ६ लेन सडकको १२ किलोमिटर दुरीमा दुबैतर्फ मानव साङ्लो बनाएर सरसफाइ गरिएको हो । योगिकुटीदेखि कोटिहवासम्म नगरबासीले एक—आपसमा हात समाएर सरसफाइ अभियानमा प्रतिबद्धता जनाए । मानव साङ्लोमा…