प्रदेश

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रोजगार सूचना मेला आयोजना गर्ने



रुपन्देही, ३० फागुन । तिलोत्तमा नगरपालिकामा रोजगार मेला हुने भएको छ । नगरपालिकाले रोजगार सूचना मेला आयोजना गर्न लागेको हो ।

युवा युवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले आगामी चैत ४ गते एक दिनका लागि रोजगार सूचना मेला आयोजना गर्न लागिएको हो । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेकाले स्वदेशमै रोजगार सृजना गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाले रोजगारदाता तथा व्यावसायिक संघ संस्थाहरुको सहकार्यमा मेला आयोजना गर्न लागेको हो ।

रोजगार सूचना मेलाकै तयारीकै सिलसिलामा नगरपालिकाले तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध उद्योगीव्यवसायीसँग सोमबार छलफल तथा अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले रोजगार सूचना मेलालाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले अहिलेको अवस्थामा उद्योगी व्यवसायीले रोजगार दिन सक्ने अवस्था नभएपनि रोजगार मेलालाई सफल पार्ने दायित्व उद्योगी व्यवसायीको भएको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका ६ का वडा अध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले तिलोत्तमा नगर क्षेत्रका बेरोजगार युवा युवतीलाई स्वदेशमै रोजगारी दिने नीति अनुरूप रोजगार मेला आयोजना गर्न लागिएको बताए । रोजगार मेलाले तिलोत्तमा नगर क्षेत्रका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, सीप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको संयोजक पाठकले उल्लेख गरे । संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका ४० स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिहरूलाई रोजगार दिलाइने छ ।

मेलाका उपसंयोजक रवि सेन्च्युरीले मेलामा सीपमूलक तालिमको अवसरबारे जानकारी, वृत्ति परामर्श सम्बन्धी सेवा, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी गराउनुका साथै रोजगारीका लागि सहजीकरण गरिन बताए ।

कार्यक्रममा संघका महासचिव राजकुमार पाण्डे, सल्लाहकार चन्द्रमान श्रेष्ठ, कृष्णबहादुर गौतम, माधवलाल देवकोटा, उद्योग उपाध्यक्ष सूरज पंगेनी लगायतले धारणा राखेका थिए ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६