प्रदेश

दाङको नेपाल संस्कृत विश्वविद्यालयमा अनेरास्ववियुले लगायो ताला



दाङ, ३० फागुन । दाङको नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो।

अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले निर्वाचन प्रक्रिया तत्काल स्थगन गरी आवश्यक छानविनसहित वास्तविक मतदाता नामावली प्रकाशन गर्न माग गरे।

उनीरूले माग बेवास्ता गरी अघि बढे आन्दोलन चर्काउने र त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासन हुने समेत बताएका छन्।

यसैबीच घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (एस) बीच चुनावी तालमेल हुने भएको छ।

दुई संगठनका जिल्ला नेतृत्वबीच महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेर जाने सहमति भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिए।

नेविसंघका अध्यष पोख्रेल र अनेरास्ववियू (एस)का कार्यवाहक अध्यक्ष खिमा घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै दुुई संगठनको चुनावी तालमेल भएको र दुई संगठनको गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन्। यो क्याम्पसमा गठबन्धनका तर्फबाट नेविसंघका मनोज डिसी स्ववियु सभापतिको उम्मेदवार छन्।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६