काठमाण्डौ, २४ फागुन । दाङको घोराही–तुलसीपुर चार लेन सडक परियोजनाको ठेक्का रद्द गर्ने तयारी भएको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना निकालेर ठेक्का रद्द गर्नका लागि प्रकृया थालेको जनाएको छ । परियोजनाले ठेक्का रद्द गर्नुनपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना निकालेको छ । परियोजना प्रमुख अनिश थापा मगरका अनुसार…