बुटवल १७ मंसिर । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गमा ब्रेक थ्रूका लागि अब ३०१ दशमलव १९ मिटर खन्न बाँकी रहेको छ । मुख्य सुरुङमार्ग अन्तरगत दक्षिणतर्फ ९बुटवलतर्फ० ४५६ दशमलव ७२ मिटर तथा उत्तरतर्फ ९पाल्पातर्फ० ३६८ दशमलव ०९ मिटर गरी कूल ८२४ दशमलव ८१ मिटर खन्ने काम सम्पन्न भएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ…