रूपन्देही ८ बैशाख । नेकपा एमालेका महासचिव तथा लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र आफ्नोबीचमा कुनै विवाद नरहेको बताएका छन् ।पार्टीको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको मिसन ग्रासरूट समीक्षामा नेताहरूले उठाएको विषयमा जवाफ दिँदै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।‘हामीबीच विवाद छ भनेर बाहिरका केही व्यक्तिले प्रचार गरेर रमाएका छन्…