कपिलवस्तु २० असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना गर्ने भएको छ । मन्त्रालयले आगामी आव २०८०–८१ मा बजेट नै छुट्याएर यो कामको सूरुवात गर्न लागेको छ । आगामी आवमा एकै पटक १ सय ६१ पालिकामा पशु जाँच प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन भएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा.…