बुटवल १२ माघ ।एउटा व्यक्तिले कति फरक पार्न सक्छ ? प्रायः यसबारे बहस हुने गरेको छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलले शपथग्रहण गरेकै दिन उछाल भएको पूँजी बजार र निजी क्षेत्रमा आएको उत्साह एक महिना पुग्दासम्म घटेको छैन ।गत पुस ११ गते देशको संकटग्रस्त अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी पाएका पौडेलले यसबीचमा धेरै ठूलो ‘पोलिसी डिपार्चर’ गरेका छैनन्…