बुटवल ३ कार्तिक ।संघीय सरकारले चार वर्षअघि हरेक स्थानीय तहमा एक प्राथमिक अस्पताल बनाउने योजना ल्याएको थियो । तर, लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये अहिलेसम्म ८९ वटाले अस्पताल नबनाएको प्रदेश सरकारको तथ्यांक छ ।प्रतिशतमा हेर्दा लुम्विनी प्रदेशमा ८१ प्रतिशत अस्पताल बनेनन् भने बनेर संचालनमा आएका अस्पताल मध्ये ५४ प्रतिशत दरबन्दी खाली रहेकाछन् । कतिपयमा जनप्रतिनिधिबीच…