भैरहवा २४ जेठ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जाँदा आठ हजार रूपैयाँ सस्तो पर्ने भएको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्दा भैरहवाबाट कुवेत जाँदा टिकटदर आठ हजार रूपैयाँ कम पर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए।यहाँ जजिरा एयरवेजले यही महिनाबाट उडान सुरू गरेको हो। व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवाशुल्क छुट पाएको पनि…