एजेन्सी, २१ चैत्र ।श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि आज सोमवार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले देशको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको एएफपीले जनाएको छ । उहाँले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । देशमा…