दाङ ६ पुस । क्रान्तिकारी पत्रकार संगठन नेपालका २ केन्द्रिय सदस्य सहित १२ जना पत्रकारहरु प्रेस चौतारीमा प्रवेश गरेका छन् । सोमवार घोराहीमा भएको प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्यद्धय सन्तोषकुमार गुप्ता, विदुर एमसी सहित पत्रकारहरु ओमप्रकाश गुप्ता, निमराज पोख्रेल, अंशु बोहरा, विरेन्द्र गिरी, हुमा सुनार,…