दाङ ८ भदौ ।थारु समुदायले कोरोना सङक्रमणबाट सावधानी अपनाउँदै अटवारी पर्व मनाउँदै छन् । अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आइतवार बरका अटवारी (आइतबारी) पर्व मनाउँदै छन् । थारु समुदायले मनाउने अटवारीमा तिजपर्व जस्तो धेरै भिडभाड…