बुटवल १४ माघ । दुइवर्ष अघि मोतीपुर क्षेत्रबाट बुटवलको सडक सम्पर्क सहज थिएन। पूर्वपश्चिम राजमार्गको तिनाउ पुल भएर घुमेर मोतीपुर र सेमलार लगायतका स्थानीय बुटवल आउनुपर्दथ्यो। एउटै पालिका र आँखैले देखिने ठाउँमा पुग्नपनि घुमेर जानुपर्ने बाध्यता तिनाउपारीका स्थानीयलाई थियो। देवीनगर र मगरघाटमा पक्कीपुल बनेपछि मोतीपुरबासीको बुटवल आवत–जावत निकै सहज बनेको छ। बुटवलको योगिकुटीबाट मगरघाटको पुल…