काठमाडौँ ७ पुस । सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो । महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका…