तुलसिपुर २२-मंसिर ।तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले निशुल्क आईटी पढाउन थालेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीभिटीको सहयोगमा कलेजले ३० जना प्रशिक्षार्थीहरुलाई प्रिडिप्लोमा तहमा आईटी पढाउन थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । २४ महिने आईटी कार्यक्रममा विद्यार्थीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन् । तत्काल श्रम बजारमा विद्यार्थीको खपत…