काठमाडौं ५ माघ । तोकिएको समयमा रासायनिक मल नल्याउने कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ । मल नल्याउने ठेकदार विरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । ‘पुस १४ गते मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको संयोजकत्वमा बसेको बैठकले मुक्तिनाथ…