काठमाडौं, २३ जेठ । संवैधानिक इजलासमै निष्पक्षताको प्रश्न उठेपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज (आइतबार) पुनः हुँदैछ ।नेकपा भङ्गको फैसला र त्यो पुनरावलोकन अस्वीकार गर्ने निर्णयमा संलग्न न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासबाट हटाउनुपर्ने आवाज उठेपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायाधीशको वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने वचन दिंदै प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइ गर्न…