गलकोट (बागलुङ), १६ असोजः हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेका च्याङ्ग्रा गाउँ पुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैँ मान्न थालेका छन् । बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महँगो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैँ मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैँ मनाउन स्थानीय खसीबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ । मुस्ताङबाट…