अर्थ-वाणिज्य

कृषि सहकारीको उपलब्धिमूलक यात्रा



कपिलवस्तु, ११ कात्तिक

किसानको आर्थिक सशक्तिकरण र आत्मनिर्भर कृषिको लक्ष्यसहित स्थापना भएको जनमैत्री कृषि सहकारी संस्था लिमिटेड, बाणगंगा–४ कपिलवस्तु ले आफ्नो नामअनुसार नै ‘जनमैत्री कार्यशैली’ प्रदर्शन गर्दै आएको छ। किसानका लागि औजार, प्राविधिक ज्ञान र वित्तीय सेवा उपलब्ध गराउँदै आएको यस सहकारीले एक वर्षभित्रका उपलब्धिहरूको समीक्षा र आगामी वर्षका योजना तय गर्दै १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।


सोमबार बाणगंगा–३ राजापानी पार्कमा सम्पन्न साधारण सभामा सहकारीका अध्यक्ष सरस्वती गौतमले नीतिगत कार्यक्रम प्रस्तुत गर्दै किसानलाई लक्षित सहकारी अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सचिव कमल प्रसाद ढुंगानाले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो । त्यस्तै कोषाध्यक्ष खगेन्द्र घिमिरेले आर्थिक प्रतिवेदन मार्फत संस्थाको आर्थिक स्थायित्व र पारदर्शिता झल्काउने तथ्याङ्क सार्वजनिक गर्नुभयो।
गत आर्थिक वर्षमा सहकारीले २१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। संस्थामा किसानहरूले ११ करोड ९५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् भने २ करोड ८६ लाख रुपैयाँ सेयर पूँजी रहेको छ। सोही अवधिमा सहकारीले किसान सदस्यहरूलाई ८ करोड ८५ लाख रुपैयाँ बराबरको कृषि कर्जा वितरण गरेको छ। हाल संस्थामा १,६६६ जना सेयर सदस्य रहेका छन्।
कार्यक्रममा लेखा समिति सदस्य विश्व अधिकारी, बरवा कृषि सहकारीका अध्यक्ष राम नारायण मरासिनी, युनाइटेड बहुउद्देश्यीय सहकारीका अध्यक्ष मुनाराम चालिसे, जनमैत्रीका पूर्व अध्यक्ष सुन्दर आचार्य, राजापानी सामुदायिक वनका पूर्व अध्यक्ष ढाकाराम अधिकारी, अपाङ्ग बचत तथा ऋण सहकारीका उपाध्यक्ष मोहन पन्थी, एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष जगन्नाथ मरासिनी र प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य पार्वती पाण्डे लगायतका अतिथिहरू उपस्थित थियो
कार्यक्रममा सहकारीका उपाध्यक्ष रमेश ज्ञवालीले स्वागत मन्तव्य राख्नुभयो भने सहकारी सदस्य मित्रलाल शर्माले सहजीकरण गर्नुभएको थियो।
जनमैत्री कृषि सहकारीले आगामी वर्षलाई “किसानसँग सहकार्य, सहकार्यसँग समृद्धि” भन्ने नाराका साथ अगाडि बढाउने घोषणा गरेको छ। सहकारीले उत्पादनमुखी कृषि, साना किसानका लागि सस्तो ब्याजदरमा कर्जा, जैविक कृषि प्रवद्र्धन, सीपमूलक तालिम र महिला सदस्य सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
स्थानीय किसानका अनुसार, सहकारीले किसानका आवश्यकताअनुसार कर्जा, बीउ–बिजन, औजार तथा बजार पहुँच सहज बनाएर वास्तविक जनमैत्री संस्थाको परिचय स्थापित गरेको छ। सहकारीले नाफामुखी भन्दा पनि किसान–हितमुखी सेवामा जोड दिँदै सहकारी आन्दोलनलाई उत्पादनमुखी र दिगो विकासमुखी दिशातर्फ अघि बढाएको जनाइएको छ।
यसरी, जनमैत्री कृषि सहकारीले आफ्नो नामसँग मेल खाने जनउत्तरदायी र किसानकेन्द्रित कार्य गर्दै सहकारी क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको छ।

प्रकाशित : १२ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६