बर्दिया, ५ जेठ । बर्दिया, बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो । मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उहाँ निराश हुनुभएको छ । बर्दियामा किसानले लगाएको वसन्ते मकै बालीमा फट्याङ्ग्राको प्रकोपले क्षति पु¥याएको…