काठमाडौं २असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन् ।पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ ।…