प्रदेश

नागरिक आरोग्यशालाको उद्घाटन : १७ प्रकारको सेवा प्रवाह



दाङ ३०-भदौ। राप्ती प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीमा नागरिक आरोग्यशालाको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले नागरिक आरोग्यशालाको उद्घाटन गरेका हुन् । उक्त नागरिक आरोग्यशाला बिहीबार बिहान देखि आम नागरिकहरुका लागि खुल्ला गरिने भएको छ । नागरिक आरोग्यशालाको रेखदेख बिजौरी उद्योग वाणिज्य संघले गर्ने भएको छ ।    १७ वटा विभिन्न किसिमका व्याम गर्ने सामाग्री राखिएको उक्त आरोग्यशालामा एक पटकमा २३ जनाले व्याम गर्न सक्ने अस्पतालका निमित्त निर्देशक डा. महेश खनालले जानकारी दिए । उक्त नागरिक आरोग्यशालामा बिहान ६ बजे देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म १५ बर्ष माथीका आम नागरिकहरुले व्याम गर्न सक्ने छन् ।संघ सरकारको १४ लाख सहयोग र तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को २ लाख सहयोग गरी जम्मा १६ लाखमा नागरिक आरोग्यशाला संचालनमा आएको हो ।                 ‘१० लाखमा व्याम गर्ने सामानहरु खरिद गरेर बाँकी ६ लाखमा अरोग्यशालाको चारै तिर तारजली लगाउने, मार्वल बिच्छाउने लगायतको काम भएको हो निमित्त निर्देशक खनालले भने ।’ यसैविच कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथीतुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए ।आफुहरु जनप्रतिनिधीका रुपमा आएको पाँच बर्षको अवधिमा गुणस्तरिय र प्रभावकारी सेवा दिनको लागि दत्तचित्त भएर लागेको बताए ।      संघ र स्थानीय सरकारको सहयोगमा बिजौरीमा जिमखाना उद्घाटन गरेको बताउँदै मेयर पाण्डेले जिमखानालाई थप प्रभावकारी बनाउनको लागि तुलसीपुर उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताए । साथै उनले उपमहानगरपालिकाले तुलसीपुरमा दिर्घकालिन औषधि उत्पादनको लागि तयारी गरेको बताए । त्यसैगरी बुधबार नै अस्पताल फार्मेसीको पनि उद्घाटन गरिएको छ । फार्मेसीको उद्घाटन पनि मेयर पाण्डेले नै गरेका थिए ।

अस्पताल बिकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष माधव वली, टोपेन्द्र केसी, राम बहादुर दहित, पत्रकार अञ्जना चौधरी, बिरामी झसेन्द्र केसी लगायतले बोलेका थिए । अस्पतालका निमित्त निर्देशक महेश खनालले स्वागत गरेको कार्यत्रलमको सहजीकरण लालकृष्ण डाँगीले गरेका थिए ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६